कैलाश ९ का वडाध्यक्ष घलान धरौटीमा छुटे 

हेटौंडा। यौन दुव्र्यवहार गरेको आरोप लागेका मकवानपुरको कैलाश गाउँपालिकाका वडा अध्यक्ष धरौटीमा रिहा भएका छन् ।

विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा सहभागी हुन हेटौंडा आएकी एक बालिकालाई यौन दुव्र्यवहार गरेको आरोप लागेका  कैलाश ९ का वडाध्यक्ष भुवनसिंह घलान धरौटीमा रिहा भएका हुन् । उनलाई एकहप्ता अघि मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्ला अदालत मकवानपुरकी न्यायाधीश मानकुमारी विकको एकल इजलासले घलानलाई २४ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको अदालतका स्तेदार तिर्थराज भट्टराईले बताएका छन्। 

अघिल्लो शुक्रबार जिल्ला अदालत मकवानपुरले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागी हुन हेटौंडा आएकी एक बालिकालाई वडाध्यक्ष घलानले असार १८ गते यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो । पीडित विद्यार्थीको तर्फबाट शुक्रबार जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । वडा अध्यक्ष घलान नेपाली कांग्रेसको तर्फबाट कैलाश गाउँपालिकाको ९ नम्बर वडा अध्यक्षमा निर्वाचित भएका थिए । अदालतको फैसला सँगै उनलाई काम गर्ने बाटो खुलेको छ।

समाचार