मकवानपुरमा एक वर्षमा १८ हजार ५६३ नागरिकता र ६ हजार ५३२ राहदानी वितरण

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७८/७९ मा सम्पादन भएका कार्यहरूको वार्षिक विवरण सार्वजनिक गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा १८ हजार ५६३ जनालाई नयाँ नागरिकता वितरण गरेको छ । कार्यालयले ९ हजार ८३३ महिला र ८ हजार ७०८ पुरुषलाई नयाँ नागरिकता वितरण गरेको हो ।भने २२ जनालाई वैवाहिक अंगिकृत नागरिकता वितरण गरेको हो । त्यस्तै १० हजार २१६ जनालाई प्रतिलिपि नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा ७ हजार ९१८ जनालाई नागरिकता वितरण गरिएको थियो । जसमा ९ जनालाई वैवाहिक अंगिकृत नागरिकता वितरण गरिएको थियो । त्यस्तै ५ हजार १४९ जनालाई प्रतिलिपि नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयको वार्षिक विवरणमा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट आर्थिक वर्ष २०७८/७९ मा ६ हजार ५३२ राहदानी वितरण भएको छ । भने ४१५ वटा राहदानी वितरण हुन बाँकी रहेका छन् । कार्यालयले ६ हजार ९४७ राहदानीमा साधाराण सिफारिस गरेको छ भने ४ हजार १३८ द्रुत सिफारिस गरेको छ ।

कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा ३ हजार ५२४ राहदानी वितरण गरेको थियो । जसमा ८५० वितरण हुन बाँकी राहदानी रहेका थिए । उक्त आथिक वर्षमा ४ हजार ३७४ राहदानीमा कार्यालयले साधारण सिफारिस गरेको थियो भने २ हजार ९५१ द्रुत सिफारिस भएका थिए ।khabar break

मुख्य समाचार