मोबाइलबाटै काट्न सकिन्छ हेटौंडा अस्पतालको ओपिडी टिकट,बस्नु पर्दैन लाइनमा घन्टौ

हेटौंडा । लामो समयदेखि घन्टौ लाइनमा बसेर हेटौंडा अस्पतालमा ओपिडी सेवाको टिकट लिन पर्ने समस्या अन्त्य भएको छ ।

अवदेखि घरमै बसि मोबाइलबाटै टिकट काट्न सकिने भएको छ । मोबाइल एपमार्फत ओपिडी सेवाको टिकट र अन्य धेरै सेवाहरु अनलाइनबाटै लिन सकिने अस्पताल प्रशासनले जानकारी दिएको छ । हाल उक्त सेवा बिमा बाहेकका सेवाग्राहीको सुरु भएको र बिमाका सेवाग्राहीका लागि समेत चाढै उक्त सेवा सुचारु गरिने अस्पतालले जनाएको छ ।

आजबाट बिमा बाहेकका बिरामीले मोबाइलबाटै आफुलाई चाहिने चिकित्सकको ओपिडी समय लिन सक्नेछन् । त्यसका लागि हेटौंडा हस्पिटल एप डाउनलोड गर्नु पर्नेछ । उक्त एप मार्फत ल्याव रिपोर्ट समेत मोवाइलबाटै हेर्न मिल्ने छ । त्यस्तै आवश्यक परेको खण्डमा मोवाइलबाटै डाक्टरसंग भिडियो परामर्श समेत लिन सकिने अस्पतालले जनाएको छ ।

मुख्य समाचार