नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेसनको उद्घाटन गर्न प्रधानमन्त्री देउवा भोली हेटौंडा आउँदै

हेटौंडा । नेपाली कांग्रेसका सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवा भोली बागमती प्रदेशको राजधानी हेटौंडा आउने भएका छन् ।

देउवा नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेसनको उद्घाटन गर्न हेटौंडा आउन लागेका हुन् ।भोली शुक्रबार बिहान मकवानपुर उद्योग वाणिज्य संघ अगाडीबाट प्रभातफेरी गरिदैं कार्यक्रम स्थल रोयल पार्टी प्यालेसमा महाधिवेसन कार्यक्रम सुरु हुने बताईएको छ ।

उद्घाटन कार्यक्रममा देउवासंगै कांग्रेस उपसभापतिद्वय पुर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकास शर्मा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भोली शुक्रबार ६ गते उद्घाटन सत्र र ७ गते शनिबार निर्वाचन हुने प्रेस युनियनको राष्ट्रिय महाधिवेसनको तयारी पुरा भएको युनियनले जनाएको छ ।

मुख्य समाचार