अनेरास्ववियुको विधान महाधिवेशन असोजमा

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को ‘तेस्रो नीति तथा विधान महाधिवेशन तथा राष्ट्रिय भेला’ असोजमा हुने भएको छ ।

अनेरास्ववियुको पदाधिकारी बैठकले आगामी असोज १ देखि ३ गतेसम्म सङ्गठनको विधानबारे छलफल गर्नका लागि महाधिवेशन बोलाएको अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले जानकारी दिइन् ।

यस्तै बैठकले जिल्ला र सो मातहतका कमिटीको अधिवेशन साउन महिनाभित्र सक्न निर्देशन दिएको छ । अध्यक्ष बरालका अनुसार विधान महाधिवेशनमा सङ्गठन संरचना, नीतिगत तथा शैक्षिक आन्दोलनका विषयमाथि छलफल हुनेछ । उनले विधान महाधिवेशनपछि राष्ट्रिय महाविधेशन गर्ने बताइन् ।

यसैगरी भदौ १५ गतेभित्र प्रदेशस्तरीय शिक्षण तथा भेला र विश्वविद्यालय राष्ट्रिय कमिटीका सम्मेलन, भेला गर्ने निर्णय गरिएको छ ।

मुख्य समाचार