वडा स्तरिय युवा क्लबद्वारा वडा कार्यालय परिसर सरसफाई

 

हेटौंडा / वडा स्तरिय युवा क्लब हेटौंडा ३ द्वारा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ कार्यालय परिसरमा सरसफाइ कार्यक्रमको आयोजना गरेको छ ।

जिल्ला युवा समिती मकवानपुरको समन्वयमा युवा क्लबले वडा कार्यालय परिसर सरसफाइ गरेको हो । ३ नम्बर वडा कार्यालय परिसरमा फोहोर र झाडिहरु रहेकोमा सफा र सुन्दर बनाउन सरसफाई गरिएको वडा स्तरीय युवा क्लब ३ नम्बर वडाको अध्यक्ष सहनशिला ढकालले बताइन् ।
वडा कार्यालय वरपर फाहोर देखिएकाले स्वस्फुर्त सरसफाई गरिएको ढकालले बताइन् ।

वडा कार्यलयको वातावरण स्वस्थ र सुन्दर बनाई कार्यालयको परिसरको वातावरण प्रदुषित नहोस भन्ने उद्देश्य रहेको युवाहरुले बताए ।

सरसफाई कार्यक्रममा युवा क्लबका कोषाध्यक्ष पुरुसोतम राई,त्यस्तै सदस्यहरुमा समिक्षा नेपाल,सन्देश राई, प्रबिना अधिकारी,अन्जलि पोख्रेल, सुजल पोख्रेल, मनिस बुढाथोकी, विशाल बल, सृजन लटौला, एन्जल गौतम, बिज्ञान पुडासैनि , कैलास चौलागाईं, बिकल बर्ताला लगायतको सहभागिता रहेको थियो ।

मुख्य समाचार समाचार समाज स्थानीय