मकवानपुरगढीले २२ जना करारको कर्मचारी माग्यो

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले करारको २२ जना करारको कर्मचारी माग गरेको छ । आज एक सूचना प्रकाशित गर्दै गाउँपालिकाले २२ जना करारको कर्मचारी माग गरेको हो ।

बैशाख ३१ गते सम्पन्न दोस्रो स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले अघिल्लो स्थानीय तहका जनप्रतिनिधिले नियुक्त गरेका कर्मचारी हटाउँदै करारको कर्मचारी माग गरेको हो ।

यसअघि ३१ असारमा गाउँपालिकाले सम्पूर्ण करारका कर्मचारीको सम्झौता म्याद थप नहुने जनाएको थियो ।आज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जारी गरेको सूचनामा गएको साउन ९ गते बसेको गाउँकार्यपालिको बैठकको निर्णय अनुसार करारको कर्मचारी राख्न सूचना प्रकाशित गरिएको जनाएका छन् ।

गाउँपालिकाले १ ईन्जिनियर,४ जना सब–ईन्जिनयर, वर्थिङ अनमी ३ जना,प्रशामक सेवा अनमी १ जना,ल्याब असिष्टेण्ट २ जना र कार्यालय सहयोगी ११ जना माग गरेको छ । करारका कर्मचारी हटाउँदा साउन १ गते देखि गाउँपालिकाको सेवा प्रभावित हुँदै आएको छ

२०७४ मा भएको पहिलो स्थानीय निर्वाचनमा मकवानपरगढीको अध्यक्ष,उपाध्यक्षमा एमालेका उम्मेद्वार विजयी भएका थिए भने गएको बैशाख ३१ गते सम्पन्न निर्वाचनमा सत्तारुढ गठबन्धनबाट अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादीका उम्मेद्वार विजयी भएका थिए ।

मुख्य समाचार