मानवसेवा आश्रममा आश्रित ७ जनाको आँखामा मोतिविन्दु 

हेटौंडा–९ स्थित मानवसेवा आश्रममा आश्रित ७ जनाको आँखामा मोतिविन्दु भएको पाइएको छ ।

मंगलबार हेटौंडा सामुदायिक आँखा अस्पतालको सहयोगमा भएको आँखा शिविरमा आश्रममा आश्रीतहरुको आँखा परिक्षण गर्दा ७ जनामा मोतिविन्दु भएको पाइएको हो । 

आँखामा मोतिविन्दु भएका २ जनाको बुधबार हेटौंडा सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिएको छ ।

अन्य बाँकी ५ जनाको केही दिनमा शल्यक्रिया हुने बताएको छ । यस्तै शिविरमा ५० जनाले आँखा परिक्षण गराएको मानवसेवा आश्रमका अभियान्ता होमनाथ पौडेलले जानकारी दिनुभयो ।

परिक्षण गराएका मध्य करिब १५ जनाको आँखामा सामान्य समस्या देखिएको छ । आँखामा समस्या देखिएकाहरुलाई औषधी दिईएको छ ।sambriddha samaj

समाचार