अनेरास्ववियु राक्सिराङ्ग गाउँपालिकाको प्रथम भेला


हेटौंडा / अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) राक्सिराङ्ग गाउँपालिका कमिटीको प्रथम भेला सरिखेतमा सम्पन्न भएको छ ।
भेलाले नबराज स्याङ्गतानको संयोजकत्वमा ३१ सदस्यीय अनेरास्ववियु राक्सिराङ्ग गाउँपालिका सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।

नेकपा एमाले मकवानपुर जिल्ला कमिटी सदस्य एवं बिद्यार्थी सहइन्चार्ज शिबहरि दाहालको प्रमुख आतिथ्यता एवं नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं राक्सिराङ्ग इन्चार्ज बाबुलाल स्याङ्गतानको बिशेष आतिथ्यतामा भेला सम्पन भएको हो ।

भेलाला अनेरास्ववियुका केन्द्रिय सदस्य आशिष अस्लामी, जिल्ला कमिटीका पदाधिकारी एवं सदस्यहरुले मन्तब्य ब्यक्त गरेका थिए ।
भेलाले नवराज स्यांगतानको संयोजक, उत्तम स्याङ्ग्तान सहसंयोजक, मदन कुमार थिङ्ग सचिब, सह-सचिवहरु सन्जिला थापा मगर, सुरक्षा प्रजा, दिपिका कार्की तथा तारा राउत कोषाध्यक्ष रहेको ३१ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरेको छ।

अनेरास्ववियु मकवानपुरको २७ औं जिल्ला सम्मेलन यहि साउन १८ र १९ गते हेटौंडामा आयोजना हुदैछ ।

मुख्य समाचार राजनीति समाचार स्थानीय