संघिय र प्रदेश निर्वाचनमा एमालेले कसैको बैसाकी टेक्दैनः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको लोकप्रीयतालाई सहन नसकेर प्रतिकृयावादीहरुले अदालतको प्रयोग गरे सरकार ढालेको बताएका छन् । झापाको कमल गाउँपालिकामा आयोजीत अगुवा कार्यकर्ता भेलामा संवोधन गर्ने क्रममा उनले २०५१ को निर्वाचन पछि बनेको सरकारको लोप्रियतालाई सहन नसकेर अदालत प्रयोग गरेर सरकार ढाले झैं यो पटक पनि सरकारको लोकप्रियतालाई सहन नसकेर अदालत प्रयोग गरेर सरकार ढालेका बताएका हुन् । दुई तिहाईको सरकारलाई आफुभित्रकै प्रतिकृयावादीका भरौटेहरुले पार्टी फुटाएको बताउँदै उनले प्रचण्ड र माधव नेपालले पार्टी कब्जा गरेको अवस्गथामा आम कार्यकर्ताले पार्टी जोगाएका कारण आम नेता कार्यकताहरु धन्यवादको पत्र बन्नु भएको उनले बताए । उनले स्थानीय निर्वाचानमा एमाले सबै भन्दा ठुलो पार्टी भएको भन्दै माओवादी र माधव नेपालहरु मत परिणामले अँत्तालिएका बताए । पार्६ी अध्यक्ष ओलीले आगामी संघिय तथा प्रदेश निर्वाचनमा आफुहरुले कुनै दलसँग सहकार्य नगरी अघि बढ्ने बताउँदै एमाले एमाले नै रहेको र निर्वाचनको बेला कसैको बैशाकी नटेक्ने बताए । उनले त्यसका लागि आम कार्यकताहरु तयारीमा लाग्न निर्देशन समेत दिएका छन् । उनले गठमन्धन प्रति ईंगीत गर्दै देशलाई अग्रगमनको बाटोमा लैजान नदीनेहरुको एउटा समुह रहेको र यो प्रतिगामीहरुको समुह सँग एमाले कहिल्यै नझुक्ने बताए । 

मुख्य समाचार