दाइको परीक्षा दिइरहेका भाई पक्राउ

रौतहट । चन्द्रपुर नगरपालिका–६ स्थित जनज्योती बहुमुखी क्याम्पसमा सञ्चालन भइरहेको बीबीएस दोस्रो वर्षको परीक्षामा  दाइको परीक्षा दिइरहेका भाई पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा राजदेवी नगरपालिका–१ बस्ने २० वर्षीय राजन तिवारी छन् । इलाका प्रहरी कार्यालय चन्द्रपुरको प्रहरीले अनुगमनको क्रममा तिवारीले आफ्नो दाइको नाममा परीक्षा दिइरहेको अवस्थामा फेला पारेको प्रहरीले बताएको छ ।   पक्राउ परेका व्यक्तिबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

समाचार