खोलाले बगाउँदा मकवानपुरमा एक जनाको मृत्यु 

कैलाश गाउँपालिका–७ वराङस्थित मनहरी खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोही गाउँपालिका खानीडाँडा बस्ने ५५ वर्षीय जित बहादुर प्रजा रहेका छन् । उनको बुधबार मृत्यु भएको हो ।  प्रहरी चौकी भार्ता र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले  घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

समाचार