श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ पक्राउ

रुपन्देही। रुपन्देहीमा  आफ्नै श्रीमती ३१ वर्षीया साबित्री थापा क्षेत्रीको विभत्स हत्या गरेको आरोपमा कञ्चन गाउँपालिका–१ डेलर बस्ने ३३ वर्षीय यम बहादुर थापा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।  आफ्नै घरको सुत्ने कोठामा बुधबार बिहान साबित्री मृत अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले घटना शंकास्पद र हत्या भएको हुन सक्ने देखिएपश्चात यम बहादुरलाई तत्काल नियन्त्रणमा लिएको थियो । थप अनुसन्धानको क्रममा यम बहादुरले मादक पदार्थ सेवन गरी सुतेकोमा श्रीमती समेतले अघिल्लो दिन साँझ दराजमा राखेको नगद १ हजार रुपैयाँ लिई रक्सी किनेर खाई सुतेकोमा यम बहादुरले राति उठेर पैसा गन्दा एक हजार कम भएपछि श्रीमतीलाई उठाई पैसा नसोधी लिई गएको भनि कुटपिट गर्ने क्रममा खाटको खुट्टा र भित्तामा टाउको ठोकाई हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ ।  उनी उपर ज्यान सम्बन्धि कसूर अन्तर्गत म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरेहेको छ ।

समाचार