काठमाडौंको चन्द्रागिरिमा राँगोको आतंक

 काठमाडौंको चन्द्रागिरीमा एक राँगोले आतंक मच्चाएपछि प्रहरीले गोली हानेर मारेको छ। चन्द्रागिरी नगरपालिका- ४ स्थित गोदामचौरमा राँगोले आतंक मच्चाएपछि आज बिहान एक राउन्ड गोली हानी राँगो मारेको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले बताए।

नेपालगञ्जबाट ल्याइएको राँगो थानकोटको खरीबोटमा आज बिहान ३ बजेतिर झार्ने क्रममा भागेको थियो।सो राँगोले त्रिभुवनपार्क, चेकपोष्ट, गोदामचौर लगायतका स्थानमा दौडिएको थियो।  त्यसपछि बारीको एक कम्पाउण्डमा छिरेको राँगोलाई गोली हानेर मारेको एसपी मैनालीको भनाइ छ। 

मुख्य समाचार