मकवानपुरको भेटेरिनरी अस्पतालः पशु बोक्ने एम्बुलेन्स हाकिमको व्यक्तिगत सामान ओसार्न प्रयोग 

हेटौंडा । मकवानपुर जिल्लाका किसानका गोठमा गाइ, भैसी, बाख्रा बिरामी भएर अस्पताल सम्म ल्याउनुपर्ने बाध्यता भएपछी चार वर्ष अघि पशु बोक्ने एम्बुलेन्स (पशु उद्धार भ्यान) खरिद गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मकवानपुरले बिरामी पशुलाई अस्पताल सम्म ल्याउनका लागि २०७५ सालमा एम्बुलेन्स ल्याएको हो ।

पशु बिरामी हुँदा भेटनरी अस्पताल सम्म ल्याउनका लागि प्रयोग हुने एम्बुलेन्स व्यक्तिगत काममा समेत प्रयोग गरिएको पाइएको छ । यस एम्बुलेन्सको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मकवानपुरका प्रमुख डाक्टर ब्रज किशोर ठाकुरले व्यक्तिगत काममा समेत प्रयोग गरेको यही कार्यालयका एक कर्मचारीले बताए ।

कार्यालय प्रमुखको घर रौतहट जिलला हो । कार्यालयको एम्बुलेन्समा हेटौंडाबाट आफ्ना सामान राखेर कार्यालय प्रमुख ठाकुरले रौतहट घर सम्म पुर्याएको ती कर्मचारी बताउँछन् । त्यसैगरी यही एम्बुलेन्समा काठमाण्डौंबाट जस्ता लिएर रौतहट सम्म लगेको नाम नवताउने सर्तमा अर्का कर्मचारी बताउँछन् । पशु बोक्ने एम्बुलेन्समा कार्यालय प्रमुखको श्रीमतीलाई पनि घर रौतहट सम्म पुर्याउने काममा प्रयोग गरिएको कर्मचारीले बताए ।

पशु बिरामी हुँदा ओसार्ने एम्बुलेन्स व्यक्तिगत काममा किन प्रयोग गरिएको हो ? भन्ने जनपत्रडटकमको प्रश्नमा यस विषयमा आफुले कुनैपनि प्रतिक्रिया नदिने कार्यालय प्रमुख ठाकुरले बताए ।

गाई, भैसी, बाख्रा लगायतलाई अस्पतालनै ल्याएर उपचार गर्नुपर्दा एम्बुलेन्सको प्रयोग गर्ने गरीएको छ । मकवानपुरका दश वटा स्थानीय तहमा पशुपालन गर्ने धेरै किसानले पालेका पशु बिरामी भएमा सहज होस भन्ने उदेस्यले भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मकवानपुरमा राखिएको हो । तर, धेरै किसानले आफ्ना गाइ, भैसी, बाख्रा बिरामी परेमा यो एम्बुलेन्समा राखेर अस्पताल सम्म ल्याउनुको सट्टा डाक्टरलाईनै आफ्ना गोठ सम्म लग्ने गरेका छन् ।

कृषि समाचार