कालीगण्डकी र म्याग्दी नदीमा पानीको सतह बढ्यो, तटीय क्षेत्रका बासिन्दा त्रासमा

म्याग्दी : आइतवार दिनभर म्याग्दीका उच्च पहाडी र हिमाली क्षेत्रमा भएको वर्षाका कारण म्याग्दी नदी र कालीगण्डकी नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दा त्रासमा बस्न बाध्य भए।

 जिल्लाको माथिल्लो क्षेत्रमा उच्च वर्षा भएपछि नदी किनारका वस्तीका बासिन्दा त्रसित बनेका हुन् । मनसुन सुरु भएपछि पहिलोपटक म्याग्दी नदी बढेको मंगला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र आचार्यले बताए।

दुवै नदीमा साविकको भन्दा धेरै पानीको सतह बढेपछि स्थानीय निकायले सचेत रहन तटीय क्षेत्रका बासिन्दालाई सूचित गरेको छ। बाबियाचौर आसपासको तटीय क्षेत्रमा आवतजावत गर्नेलाई सचेत हुन समेत अपिल गरिएको छ।

त्यस्तै मुस्ताङ हुदै बग्ने कालिगण्डकी नदीको माथिल्लो क्षेत्रमा नदीको सतह शनिबारको तुलनामा धेरै बढेको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिए।

जिल्ला विपद् व्यस्थापन समिति यसअगाडी जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रसँग समन्वय गर्ने गरी जिल्लाका ६ वटै स्थानीय तहले कालीगण्डकी र म्याग्दी नदीतटका बस्तीलाई बाढीबाट हुने धनजनको क्षति न्यूनिकरण गर्न सहज हुने गरी सम्पर्क व्यक्ति खटाउने बताएपनि हालसम्म कार्यानदीको तटीय अवस्थाबारे नियमित जानकारी दिने गरी उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दाना, रघुगंगा गाउँपालिकाले चिमखोला, बेनी नगरपालिकाले गलेश्वर, मंगला गाउँपालिकाले बाबियाचौर, मालिका गाउँपालिकाले म्याग्दी नदी र धवलागिरी गाउँपालिकाले मुदी र मुनामा तटीय क्षेत्रको अवस्थाका बारेमा जानकारी दिने गरी सम्पर्क व्यक्ति खटाउने निर्णय गरिएको थियो।न्वयनमा आएको छैन।

मुख्य समाचार