गैँडाकोट डुवानमा 

भरतपुर। आइतबार देखीको अविरल बर्षाका कारण नवलपुरको गैँडाकोट डुवानमा परेको छ। दुई दिन देखी अविरल बर्षाका कारण गैडाकोट वडा नम्बर २ र ४ सहित अन्य क्षेत्र डुबानमा परेको ईलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ।पानी पर्ने क्रम नरोकिएकोले अन्य स्थान समेत डुबानमा पर्ने देखिएको छ।डुवानमा परेका स्थानका व्यक्तीलाई सुरक्षित स्थानमा लैजान नगरपालिकासँग समन्वय भइरहेको जनाइएको छ।पानी निकास निकास नहुदा घर-घरमा पानी पसेको छ भने सडकमा आवतजावत गर्न समस्या देखिएको छ। 

# तस्विर: विजय एफएम 

समाचार