देशभरनै बर्षाको संभावना 

मंगलबार पनि देशभर मनसुन सक्रिय रहेने भएको छ।मौसम पूर्वानुमान महाशाखाले  आज बिहान प्रदेश १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा चट्याङसहित  मध्यम वर्षा भइरहेको जनाएको छ। 
त्यसैगरी आज दिउँसो देशका धेरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। 

प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। राती बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थान आसपास छ। पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको महाशाखाले जनाएको छ।

समाचार