सुनको भाउ ८०० ले बढ्यो 

हेटौंडा । बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको छ भने चाँदी स्थिर रहेको छ।
साताको पाँचौ दिन बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य  ९६ हजार १०० सय कायम भएको छ। जुन मूल्य अघिल्लो दिनको मूल्य भन्दा ८०० ले बढेको हो। 
त्यसैगरी तेजावी सुनको पनि मूल्य पनि बढेको छ  तेजावी सुन आज प्रति तोला ९५६०० पुगेको छ । यता चाँदी  अघिल्लो दिनको मुल्यमै कारोबार भइरहेको छ।   चाँदीको भाउ आज स्थिर रहदै प्रति तोला १२१० रुपैयाँ रहेको छ।

अर्थ