सरुवा भए अर्थसचिव मरासिनी

बिदामा बसेका अर्थसचिव मधुकुमार मरासिनीको सरुवा भएको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीको सरुवा गर्ने निर्णय गरेको हाे । गत आइतबार जनार्दन शर्मा अर्थमन्त्रीको रुपमा फर्केपछि मरासिनीमा बिदामा बसेका थिए । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्ति संलग्न गराएको आरोप लगाउँदै अर्थ मन्त्री शर्माको राजीनामा माग गरिएपछि गत असार २२ गते पनि सचिव मरासिनी बिदामा बसेका थिए । शर्मा अर्थमन्त्रालयमा रहेसम्म मन्त्रालय नआउने बताउँदै आएका सचिव मरासिनी अहिले पनि बिदामा नै रहेका छन् । अर्थसचिवको सरुवा भएको बताइए पनि कहाँ सरुवा भएको र किन सरुवा गरीएकाे भन्ने विषयमा भने केही जानकारी दिइएकाे छैन  । 

मुख्य समाचार