भारतमा एकै दिन २० हजार कोरोना संक्रमित

भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको छ।भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार बिहान दिएको जानकारीअनुसार हिजो बिहीबार एकै दिन कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार ५५१ पुगेको छ।

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या अहिले ४ करोड ४१ लाख ७ हजार ५ ८८ पुगेको छ। २ दिनयता दैनिक २० हजारभन्दा मुनि रहेको कोरोना सङ्क्रमितको संख्या शुक्रबार २० हजार नाघेको हो।

भारतभरि  देशभर १ लाख ३७ हजार ५७ जना सक्रिय सङ्क्रमित छन् भने २१ हजार ५९५ सङ्क्रमणमुक्त भएका छन्। योसँगै अहिलेसम्म कुल ४ करोड ३४ लाख ४५ हजार ६२४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। 

हिजो २४ घण्टामा कोरोनाबाट ७० जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट कुल ५ लाख २६ हजार ६०० जनाको मृत्यु भएको छ। 

समाचार