देशभर थपिए ९१२ नयाँ संक्रमित, १ जनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ९१ जनाको परीक्षण गर्दा ९ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

३ सय ७० जना कोरोनामुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। हाल सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ६० रहेको मन्त्रालयले जनाएको छ।

मुख्य समाचार