हेटौंडामा सरकारी साधनको दुरुपयोग,रक्सी खान जाँदा प्रयोग 

हेटौंडा। सामान्य अर्थमा सरकारी नम्बर प्लेट अङ्कित सवारी कार्यालय समयमा र कार्यालयको काम कामजको रुपमा प्रयोग गर्न सरकारी कर्मचारीलाई प्रदान गरिएको हुन्छ। उक्त सवारी कार्यालय समय भन्दा बाहेक वा सार्वजनिक बिदाको दिन प्रयोग गर्न स्थानीय प्रशासनसँग अनुमति लिनुपर्छ ।
ति सवारी तोकिएको प्रयोजनमा नभएर व्यक्तिगत प्रयोग,घुम्नु र ताल परै मनोरञ्जन गर्न प्रयोग हुदै आएको देखिएको छ। 
त्यस्तै बिहीबार साँझ दुईवटा सरकारी नम्बर प्लेटका सवारी जसमा एउटा मोटरसाइकल र अर्को स्कुटर दुरुपयोग भएको भेटिएको छ । ति सवारी राष्ट्रका सेवक कर्मचारीबाट मादक पदार्थ सेवन गर्नका लागि  प्रयोग गरेको पाइएको छ। 
शुक्रबार बाहेको कार्यालय समय बिहान १० बजेबाट ५ बजेसम्म हो। बिहीबार राती कार्यालय समय सकिएको ३ घण्टापछी करिब ८ बजेको समयमा हेटौंडा-४ स्थित लाङ्घाली होटलमा उक्त सवारी रोकेर सरकारी कर्मचारी मज्जाले मादक पदार्थ सेवन गरिरहेको अवस्थामा स्थानीय युवाहरूको एक समूहले फेला पारेपछि यो घटना सार्वजनिक भएको हो। 
बागमती प्रदेश-३ -००१ ब १८८ नम्बरको निलो रङ्को पल्सर मोटरसाइकल र बागमती प्रदेश-०३- ००१ ब २३१ नम्बरको रातो कालो रङ्को स्कुटर उक्त होटल आगाडी  नियन्त्रणमा लिएर प्रहरीलाई जम्मा लगाइएको स्थानीय युवा दिपक सञ्जेलले बताए।  
सञ्जेलले हामीले उक्त सवारी धेरै समय होटल अगाडी रोकिएको देखेपछि बुझ्दा,भित्र होटलमा रक्सी खाइरहेको पायौ, हल्ला खल्ला भएपछि उक्त सवारी चड्ने एकजना सरकारी कर्मचारी मोटरसाइकल छोडेर भागेको र अर्का स्कुटर चालक मादक पदार्थ सेवन गररे भाग्न खोज्दा प्रहरीलाई जिम्मा लगाइएको बताएका छन। 
यस विषयमा मकवानपुरका प्रजिअ राजेन्द्र देव पाण्डेलाई बुझ्दा उक्त कार्य गर्नेलाई कारवाही हुने र अन्य सकारी कर्मचारीले कार्यालय समय र तोकिएको काम बाहेको समयमा गलत प्रयोजनले सरकारी सवारी दुरुपयोग गर्ने कारवाही हुने बताए।  
प्रधानमन्त्री शेरबहादुर देउवाले सबै सरकारी निकायलाई केही दिन अघि निर्देशन दिदै तोकिएको भन्दा बाहेकका कर्मचारीलाई सरकारी साधन र इन्धन उपलब्ध नगराउन भनेका थिए।-prasta khabar

मुख्य समाचार