जलस्तर बढ्दै गएपछि कोशी ब्यारेजका ४२ ढोका खुलाइयाे

काठमाडौं : सप्तकोशी नदीको जलस्तर बढ्दै गएपछि कोशी ब्यारेजको ४२ वटा ढोका खुल्ला गरिएको छ।

दिउँसो ४ बजे प्रतिसेकेण्ड २ लाख २३ हजार क्युसेक पानीको बहाव मापन भएपछि ब्यारेजको २८ वटा ढोका पूर्ण र १४ ढोका आंशिक रुपमा खोलिएको सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिए।

उनका अनुसार पानीको बहाव दिउँसो १ बजेसम्ममा २ लाख १७ हजार १७० क्युसेक प्रतिसेकेण्ड थियो।

पानीको बहाव बढेसँगै ५६ मध्ये आंशिक र पूर्ण गरी ४२ ढोका खोलिएको प्रहरी उपरीक्षक काफ्लेले बताए। आज मध्यान्हसम्ममा ब्यारेजको २९ ढोका खुला गरिएको थियो।

सप्तकोशी नदीको जलस्तर अस्वभाविक बढ्ने आँकलनसहित सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाएको छ।

मुख्य समाचार