बहुलाएको स्यालको टोकाइबाट कञ्चनपुरमा दुई जना घाइते

 कञ्चनपुर : बहुलाएको स्यालको टोकाइबाट शुक्लाफाँटा नगरपालिकाका दुईजना घाइते भएका छन्। 

मंगलबार बिहान स्यालले टोक्दा  नगरपालिकाको वडा नं ८ की ६० वर्षीया राजकुमारी चौधरी र वडा नं ९ का ४५ वर्षीय गोकर्ण चौधरी घाइते भएका हुन्।

यसैगरी, गोकर्णलाई समेत स्यालले गोडामा टोकेर गहिरो घाउ बनाएको वडाध्यक्ष रमेश बहादुर ऐरले बताए । दुवै जनालाई उपचारका लागि महाकाली अस्पताल महेन्द्रनगर लगिँदै छ।स्यालले घर आँगनमै आएर टोक्न थालेपछि यस क्षेत्रको जनजीवन निकै त्रसित भएको छ।   

समाचार