हेटौंडा-१० न्युरेनीमा एक जनाको शव फेला  

हेटौंडा । हेटौंडा-१० न्युरेनीमा एक जनाको शव फेला परेको छ ।

सोमबार स्थानीय ईस्वरी खड्गीको बंगुर फर्म भित्र बस्ने ज्याला मजदुरी गर्दै हिड्ने वास्तविक वतन नखुलेको अन्दाजी ६० वर्षीय सुर्य श्रेष्ठ भनेर चिनिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

शवलाई पोस्टमार्टमको लागि हेटौंडा अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।-khabar break

समाचार