निर्वाचनमा हाेमियाे एमाले, घोषणापत्र मस्यौदा समिति गठन

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनावमा होमिएको छ। आज बसेको सचिवालय बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनको घोषणापत्र लेखनको लागि ८ सदस्यीय मस्यौदा समिति गठन गरेको हो। 

समितिमा अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, बिष्णु रिमाल रहेको ८ सदस्यीय चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। 

यस्तै, अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा निर्वाचन परिचालन कमिटीको प्रस्ताव गरेको समेत बताए। चुनावबारे छलफल गर्नको लागि भदौ ७ गते स्थायी कमिटी ९ गते पोलिटब्युरो र १० र ११ गते केन्द्रीय कमिटी बैठक बोलाएको समेत बताए।

उनले अहिलेसम्म एमालेले गठबन्धनबारे नसोचेको भएकाले छलफल नै नगरेको बताए। 

मुख्य समाचार राजनीति