शनिबार काठमाडौंमा राप्रपाको बृहत् भेला एवं पार्टी प्रवेश कार्यक्रम 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिबार काठमाडौंस्थित गौशालामा बृहत् भेला एवं पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने भएको छ। 

पार्टीको लोकप्रियतालाई थप उचाइमा पुर्‍याउन कार्यक्रम आयोजना गरिएको आयोजक राप्रपा काठमाडौं (वडा नं ९) एकाइ कमिटीले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथिमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, विशिष्ट अतिथिमा पार्टीका पूर्व अध्यक्षद्वय पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनी, पूर्वगृहमन्त्री बुद्धिमान तामाङका साथै पार्टीकी महामन्त्री कुन्तीकुमारी शाही रहने छन्। 

उक्त कार्यक्रममा सयौँको संख्यामा युवालाई राप्रपा प्रवेश गराइने आयोजकले जनाएको छ। कार्यक्रम गौशालास्थित स्वच्छन्द पार्टी प्यालेसमा शनिबार बिहान ९ बजेदेखि हुने बताइएको छ।

मुख्य समाचार राजनीति