आज गाईजात्रा पर्व

ललितपुर : गाईलाई नगर परिक्रमा गराउँदै र विभिन्न व्यङ्ग्यात्मक प्रदर्शन गर्दै शुक्रबार काठमाडौ उपत्यका लगायत देशका विभिन्न शहरमा गाईजात्रा पर्व मनाइँदैछ।

शुक्रबार सूर्योदय पूर्णिमा तिथि भएपनि त्यसपछि प्रतिपदा तिथी भएकाले नेपाल पन्चाङ्ग निर्णायक समितीले यही दिन गाइ जात्रा मनाउन भनेको हो। विशेषगरी नेवार समुदायले मनाउने गाई जात्रामा गाई या गाईको चित्र अंकित तस्वीर लगाएका मानिसलाई नगर परिक्रमा गराउने चलन छ। गाईलाई नगर घुमाउनाले एक वर्षभरि मृत्यु भएका आफन्तको आत्माले मुक्ति पाउँछ भन्ने विश्वास छ।

यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरूले यमलोक प्रवेशपाई मुक्ति पाउने पुराणमा उल्लेख छ। 

जात्राका दिन केहिले जोगीको भेष धारण गरि रंगी बिरंगी कपडा, मुकुण्डो, पेरुङ्गाको टोपी तथा लामो जामा र पटुका लगाएर साँस्कृतिक बाजागाजा सहित नगर परिक्रमा गर्ने चलन छ। नगर परिक्रमा गर्दा उनीहरुले रामायणको करुण रसका गित र अन्य भजन भजन पनि गाउने गरिन्छ।

दिवंगतका परिवारजनले उनिहरुको संझनामा क्बाटी , स्याउ ,नास्पाती , काक्रो आदी बाँ्ने गर्छन्। आफन्तको मृत्यु भएर सोकमा डुबेका परिवारजनलाई हसाउने र मरेका आफन्तको शोक हटाउने चाडका रुपमा पनि यसलाई लिने गरिन्छ। 

आफ्नो घरमा मात्र होइन नगरका अन्य ब्यक्तिमा पनि परिवारजन मरेका छन् भन्ने देखाएर चित्त बुझाउने बाटो यो पर्वले दिएको धेरै संस्कृतिविद्ले बताएका छन्। काठमाडौका तत्कालीन मल्ल राजा प्रताप मल्लले आफ्नो पुत्र वियोगमा शोकमा डुबेकी रानीको मन बहलाउन गाइजात्राको चलन ल्याएको इतिहास छ।

ललितपुरको पाटनसँगै अन्य शहरहरुमा तथा काठमाडौँको बसन्तपुर सहित अन्य स्थानमा गाईजात्रा मनाइन्छ। यस्तै भक्तपुरमा गाईजात्राको दिन ताहामच्चा र साँचा बनाउनुका साथै घिन्ताङ्गघिसी र माँक प्याखँ (बाँदर नाच)े नाच देखाउने चलन छ। गाईजात्रा पर्व धुलिखेल ,बनेपा, दोलखा, त्रिशूली, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा , लमजुङ पोखरा लगायतका नेवार वस्ती रहेका स्थानमा मनाइन्छ। गाईजात्राका दिन हाँस्य ब्यङ्ग्य कलाकारहरुले मुलुकको राजनीति तथा सामाजिक विकृति बिसंगती प्रति व्यंग्य गर्दै मनोरञ्जनात्मक कार्यक्रम गर्दैछन्। 

मुख्य समाचार