अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेसमा प्रवेश  

अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।   शुक्रबार बिहान एक कार्यक्रमका बीच उनी कांग्रेसमा प्रवेश गरेका हुन्।  उनलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि दिएका हुन् ।   मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्वअध्यक्षहरू महेन्द्र यादव, उदय शमशेर राणा, जितजंग बस्नेतका साथै अध्यक्ष विद्वान गुरुङलगायत उपस्थित थिए।  अभिनेता शाहीले द्रव्य, सौर्य, हँसिया, ठमेल डटकम, हाउ फन्नी, वीर विक्रम, कमलेको बिहे, कृ, हुर्रे, लिलिबिली, पुरानो बुलेटलगायत दुई दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेका छन्।

मुख्य समाचार