रवि लामिछानेद्वारा हेटौंडाको पशुपतिनाथको दर्शन

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेर देश दौडाहमा रहेका पूर्व संचारकर्मी रवि लामिछानेले मकवानपुरको हेटौंडा ४ स्थित पशुपतिनाथ (भुवनेश्वर) मन्दिरको दर्शन गरेका छन् ।

लामिछानेले शुक्रबार बिहान पशुपतिनाथको दर्शन गरेका हुन् । लामिछाने आज शुक्रबार मध्यान्न १२ बजे हेटौंडाको रोयल पार्टी प्यालेसमा हुने पार्टीको कार्याक्रमलाई सम्बोधन गर्न हेटौंडा आएका हुन् ।

लामिछाने मंसिर ४ गते हुने निर्वाचनमा प्रत्यक्ष तर्फ लड्ने घोषणा गरिसकेका छन् । तर हालसम्म कहाँबाट लड्ने भन्ने घोषणा गरेका छैन् ।

मुख्य समाचार राजनीति