संघीय शासन प्रणाली सबलीकरणमा विषय छलफल

सुर्खेत : संघीय शासन प्रणाली सबलीकरण विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम सुरू भएको छ। राष्ट्रिय सभा, संघीयता कार्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय विशेष समितिद्वारा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।

राष्ट्रिय सभामा अध्यक्ष गणेश  तिमिल्सिनाले अन्तरक्रिया कार्यक्रमको उद्घाटन गरेका छन्। 

कार्यक्रममा प्रदेशमा मुख्यमन्त्री, मन्त्री, नीति तथा योजना आयोगका पदाधिकारी, मुख्यन्यायाधिवक्ता, प्रदेशका सभामुख, उपसभामुख, विपक्षी दलका नेता, समितिका सभापति, दलका नेता, प्रदेश लोकसेवा आयोगका पदाधिकारीहरु, स्थानीय तहका प्रमुख, उपप्रमुख, राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरू, नीजि क्षेत्र, गैरसरकारी क्षेत्र, नागरिक समाज र पत्रकाहरुको छलफलमा सहभागिता रहेको छ।

समाचार