यस्तो छ आजको सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

आइतबार प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ४ सय रुपैयाँले घटेर ९७ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  तेजाबी सुन प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार सोमबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।

समाचार