राष्ट्रपतिबाट नागरिकता विधेयक संसद मै फिर्ता

२९ साउन – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संसद मै फिर्ता गर्नुभएको छ । विवादास्पद नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपति कहाँ पुगेको थियो ।

विधेयक पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा ३ अनुसार विधेयक प्रतिनिधिसभामा फिर्ता पठाइएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताए ।

नेपाल नागरिकता एैन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट पारित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश भएको थियो ।

मुख्य समाचार समाचार