मेडिसिटी अस्पताल नख्खुमा उपचाररत कांग्रेस नेता प्रदिप गिरिको ७५ वर्षको उमेरमा निधन


५ भदौ- नेपाली कांग्रेसका नेता प्रदीप गिरिको ७५ वर्षको उमेरमा गयराती निधन भएको छ । शनिबार साँझ ९ः३० बजे गिरिको उपचारको क्रममा निधन भएको उपचारमा संलग्न रहनुभएका मेडिसिटी अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. पंकजकुमार बर्मनले जानकारी दिनुभएको हो ।

भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पताल, ललितपुर नख्खुमा भर्ना हुनुभएको थियो । उपचाररत रहनुभएका गिरिको पछिल्ला घण्टाहरुमा निमोनिया फैलिँदै गएर शरीरका अंगहरुले काम गर्न छाड्दै गएको थियो ।

शनिबार साँझ ९ः३० बजे निधन भएको कांग्रेस संसदीय दलले पनि वक्तव्य जारी गर्दै जानकारी दिएको छ ।

उनको पार्थिव शरीरलाई आज आइतबार विहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमै श्रद्धान्जलीका लागि राखिने र साढे ११ देखि २ बजेसम्म पार्टी कार्यालय सानेपामा राखी पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ ।

मुख्य समाचार