युक्रेन–रसिया संकटले नेपालको खाद्य तथा कृषि क्षेत्रमा पर्ने प्रभाव सम्वन्धी गोष्ठी सम्पन्न


युक्रेन–रसिया संकटले नेपालको खाद्य तथा कृषि क्षेत्रमा पर्ने प्रभाव आँकलन सम्वन्धी बागमती प्रदेश स्तरीय सरोकारवालाहरुसंगको कार्यशाला गोष्ठी, मंगलबार हेटौंडामा सम्पन्न भएको छ ।

राष्ट्रिय योजना आयोग, बागमती प्रदेश नीति तथा योजना आयोग, बागमती प्रदेश कृषि तथा पशुपंक्षी मन्त्रालय, बिष्व खाद्य कार्यक्रम र संयुक्त राष्ट्रसंघीय कृषि तथा खाद्य कार्यक्रमको संयुक्त आयोजनामा गोष्ठी सम्पन्न भएको हो ।

बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव महेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्ण राज पन्तको प्रमुख आतिथ्यता रहेको थियो ।
बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य प्रल्हाद लामिछानेले स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको कार्यक्रममा बागमती प्रदेश स्तरीय बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा डा.गणेश राज जोशी र डा.रामजी प्रसाद न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।

मुख्य समाचार