एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि

प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबर सुरु हुँदैछ।बिहीबार सम्पन्न पोलिटब्यूरो बैठकले तय गरेका एजेण्डामाथि छलफल गर्न दुई दिन केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

पोलिटब्यूरो बैठकले मंसिर ४ गते हुने निर्वाचनको तयारी, उम्मेदवारको छनोट मापदण्ड, अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन लगायत ११ एजेण्डा तय गरेको छ।यस्तै सचिवालयले गरेका निर्णयको अनुमोदन, स्थानीय चुनाव भएको अन्तर्घातबारे छानबिन गर्न बनेको कार्यदलको प्रतिवेदन पेस गर्ने पनि एजेण्डा छ।

बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पेश गर्ने पहिलो एजेण्डा छ। मनोनित केन्द्रीय सदस्यहरूलाई शपथ गराएर बैठकमा सहभागी गराउने दोस्रो एजेण्डाको रूपमा रहेको प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। 

मुख्य समाचार राजनीति