महानगरकाे टाेली डाेजरसहित राहदानी विभागमा

काठमाडौं  :  काठमाडौं महानगरपालिकाको टोली अन्डर ग्राउन्ड पार्किङ खाली गराउन त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेको छ। 

सवारी पार्किङको अनुमती लिइ वेटिङ रुम बनाएको क्षेत्र खाली गराउन नगर प्रहरीको टोली डोजरसहित सो स्थानमा पुगेको हो।

विभागको पार्किङ खाली राख्दै सेवाग्रहीलाई पार्किङको सुविधा दिइएको छैन। राहदानी विभागमा दैनिक हजारौं सेवाग्राहीको भिड लाग्छ। तर, विभागले आफ्ना सेवाग्राहीलाई विभाग परिसरमा पार्किङको सुविधा दिएको छैन। 

जसका कारण सेवाग्राहीले आसपासका गल्लीमा कष्टपूर्ण तरिकाले सवारी साधन राख्नु पर्ने बाध्यता रहेको छ। विभागले बनाएको ‘बेसमेन्ट’ लाई ‘वेटिङ रुम’का रुपमा प्रयोग गरिरहेको छ। 

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले विभागका महानिर्देशकसँग छलफल गरेपछि थप कुरा भन्ने बताए। दुई दिन फिल्डमा देखिएका महानगरका मेयर बालेन साह भने अहिले विभागमा गएका छैनन्। 

मुख्य समाचार