लागुऔषध गाँजासहित एकजना पक्राउ, अर्का फरार 

हेटौंडा । प्रहरीले ठूलो परिणाममा लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् भने अर्का फरार रहेका छन् ।

बिहिबार त्रिभुवन राजपथ अन्तर्गत भीमफेदी २ भैसे आर्मी व्यारेक नजिक सूचनाको आधारमा प्रहरीले दुई वटा आईचर ट्रकबाट ३३१.१८ किलो गाँजा सहित एक जनालाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

हेटौंडातर्फ आउँदै गरेको ना ७ ख ३९८७ नंबरको आईचर ट्रकमा उक्त लागुऔषध बरामद गरिएको र ट्रक चालक भीमफेदी ९ महभिर बस्ने ३५ वर्षीय प्रकाश लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लामाले चलाएको ट्रकबाट २५६.२८ गाँजा बरामद भएको थियो । यसैगरि,ना८ख २७१८ नंबरको आईचर ट्रकबाट पनि लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त ट्रकबाट ७४.९ किलो गाँजा बरामद गरिएको र ट्रकका चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।khabar break

समाचार समाज