एकीकृत समाजवादीले २० भदौभित्र उम्मेदवार टुंगो लगाउने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले १५ भदौभित्र प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारको नामावली सिफारिस गर्ने समयसिमा तोकेको छ ।

आगमी ४ मंशिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि १५ भदौभित्र उम्मेदवारको नाम सिफारिस गर्ने समयसिमा छुटाएको हो ।सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र समन्वय समितिले १० भदौभित्र जिल्ला कमिटीमा नाम सिफारिस गरिसक्नु पर्नेछ ।

उनका अनुसार क्षेत्रीय कमिटीले १० भदौं भित्र नाम सिफारिस गरेर जिल्लामा पठाए पछि जिल्ला कमिटीले १५ भदौं भित्र प्रदेश कमिटीलाई पठाइसक्ने गरी कार्यतालिका बनाईएको छ । प्रदेश कमिटीले १५ भदौमा केन्द्रीय कार्यालयमा नामावली पठाएपछि २० भदौमा सो पार्टीको केन्द्रिय कार्यालयले प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० उम्मेदवारको टुंगो लगाउने छ ।

यसरी टुंगो लगाइएका उम्मेदवारहरुलाई सत्तारुढ गठबन्धनको सिटवाँडफाट अनुसार गठबन्धनवाट उम्मेदवार घोषणा गरिने उनको भनाई छ । उनका अनुसार कतिपय जिल्लावाट प्रतिनिधिसभा र प्रदेश सभाका लागि धमाधम उम्मदेवार सिफारिस गर्ने कार्य सुरु भइसकेको छ ।

मुख्य समाचार