नाती पुस्ता देश हाँक्न तयार भैसके, अब म चुनाव उठदिन : पूर्व मुख्यमन्त्री पौडेल

हेटौँडा
नेपालकै पहिलो मुख्यमन्त्रीको रुपमा बागमती प्रदेशमा सपथग्रहण गरेका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले आउँदो प्रतिनिधि तथा प्रदेशसभामा आफु उम्मेद्वार नहुने घोषणा गरेका छन् । अबको पुस्ताले नयाँ अनुहार खोजेको भन्दै पौडेलले अब नाती पुस्तालाई समर्थन रहने समेत बताएका छन् । सामजिक सञ्जाल मार्फत उनले अब हुने कुनै प्रकारको निर्वाचनमा आफु भाग नलिने घोषणा गरेका छन् ।

उनले लेखेका छन् ‘अहिले देशले साच्चै नै परिवर्तन खोजेको छ । परिवर्तनकालागि सारा देश जागेको बेला परिवर्तनको संवाहक नेकपा (एमाले) लाई चौतर्फी घेराबन्दी गरी नामेट बनाउने प्रयासमा देशी तथा विदेशी शक्तिहरु एकजुट भएर लागि परेका छन्। यस्तो बेला आगामी निर्वाचनमा कस्ता खालका ब्यक्तिहरुलाई जिताएर पठाउने भन्ने नेपाली जनताको हातमा छ । सञ्चार माध्यमहरु तथा सामाजिक सञ्जालहरुमा आगामीनिर्वाचनका सम्भावित उमेदवारहरुकाबारेमा चर्चा परिचर्चा पनि शुरु भइसकेको छ । त्यही क्रममामेरो नाम जोडेर पनि केहि चर्चा हुने गरेको छ । राजनीति लहड, रहर र दवाव मात्रैले पक्कै चल्दैन् आवश्यकताको वस्तुपरक मूंल्याङ्नले निर्धारण गरेका कडिहरुका आधारमा उमेद्वार चयन गर्न चुकियो भने परिणाम अनपेक्षित हनसक्छ भन्ने कुराको हेक्का मेरो ५० औं वर्षको राजनीतिकख अनुभवले बताउँछ । अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेको यथार्थलाई हामीले अनदेखा वा नजरअन्दाज गर्न मिल्दैन् । त्यसैले आगामी निर्वाचनमा मेरो उमेद्वारी हुनुपर्छ भन्ने तमाम मेरो शुभचिन्तक, नागरिक समाज, युवा विद्यार्थी तथा पत्रकारहरु प्रतिहार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी निर्वाचनमा मेरो कुनै पनि क्षेत्रबाट उमेदवारी नरहने जानकारी गराउँदछु । यो पटक जनचाहँनाअनुसार नयाँ पुस्तालाई मेरो समर्थन र सहयोग रहने छ । दोस्रो पुस्तामात्रै हैन अहिले नाति पुस्ता समेत देशको नेतृत्व हाँक्न तयार र सक्षमभएर बसेकाछन् । अबको मेरो जिम्मेवारी नेकपा ((एमाले) को उमेद्वारहरुलाई विजयी गराउने हुनेछ ।-khabar break

मुख्य समाचार राजनीति