भाजपा नेतृ फोगटको हत्या आरोपमा दुईजना पक्राउ

भारतीय जनता पार्टीकी नेतृ सोनाली फोगटको हत्यामा संलग्न भएको आशङ्कामा  भारतीय प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

भाजपा नेतृ फोगाटको अगस्ट २२ मा पश्चिमी राज्य गोवा भ्रमणका बेला मृत्यु भएको थियो। सुरुमा उनको हृदयाघातका कारण उनको निधन भएको बताइएको थियो।

तर उनको परिवारले उक्त दाबीलाई अस्वीकार गर्दै फोगाटकै सहयोगीहरूले उनको हत्या गरेको आरोप लगाएका थिए। उनका दुईजना निजी सहयोगीको नाम लिँदै सोनाली फोगटका भाइले ती सहयोगीहरूले भिडिओ बनाएर ब्ल्याकमेल गर्ने गरेको आरोप लगाएका छन् । उनले फोगाटको बलात्कारपछि हत्या भएको दाबी गरेका छन्।

परिवारले पत्रकारहरूलाई फोगटले उनको मृत्यु हुनुभन्दा केही समयअघि उनीहरूसँग कुरा गरेको बताएको छ।  उत्तर भारतीय राज्य हरियाणाकी उनी सत्तारूढ दल भारतीय जनता पार्टी भाजपाकी सदस्य हुन्। 

उनी भाजपाका तर्फबाट सन् २०१९ मा राज्य विधानसभाको निर्वाचनमा उठेकी थिइन् तर उनी पराजित भएकी थिइन्। राजनीतिक जीवनका साथसाथै उनले भारतको मनोरञ्जन उद्योगमा पनि आफ्ना पाइला राखेकी थिइन्। उनी टेलिभिजन रीयालिटी शो बिग बोसकी चर्चित प्रतिस्पर्धी थिइन्। त्यसका अतिरिक्त फोगट भूतपूर्व टिकटक स्टार पनि हुन्।

उनले क्षेत्रीय चलचित्रहरू, टेलिचलचित्रहरू र वेब सिरीजहरूमा अभिनय पनि गरेकी थिइन्। 

राजनीति