नागरिकता विधेयक आज राष्ट्रिय सभामा पेश हुँदै

प्रतिनिधिसभामा दोस्रोपटक पारित भएको नागरिकता विधेयक आइतबारको राष्ट्रिय सभा बैठकमा पेश हुँदैछ।

विधेयक दिउँसो १ बजे बस्ने बैठकमा पेश हुन लागेको सचिव राजेन्द्र फुयाँलले जानकारी दिए। 

धेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा र प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी गराउने सम्भावित कार्यसूची छ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अन्य विभिन्न विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची छ।पहिलोपटक दुवै सदनबाट पारित भई साउन १५ गते प्रमाणीकरणका लागि आएको विधेयक पुनर्विचारका लागि फिर्ता पठाएकी थिइन्। फिर्ता भएको विधेयक पुनर्विचार नै नगरी भदौ २ गते प्रतिनिधिसभामा पारित भएको थियो।

राष्ट्रिय सभाबाट पनि पारित भएपछि यसपटक प्रमाणीकरण गर्नैपर्ने बाध्यतामा राष्ट्रपति छिन्।

मुख्य समाचार राजनीति