म्याग्दी नदीले बगाएर एकजना बेपत्ता

म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा नदीले बगाएर एक जना बेपत्ता भएका छन्। उदयपुरको त्रियुगा नगरपालिका–१० का २२ वर्षीय मिलन राईलाई हिजो साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

नुहाउनका लागि किनारमा पुगेका राई लडेर नदीमा खसेपछि बेपत्ता बनाएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।   नदी किनारमा राईले लगाएको कपडामात्र भेटिएको छ। राई तीन वर्षदेखि तातोपानीमा ट्याक्टर चलाउने काम गर्दै आएका थिए। 

म्याग्दी र कालीगण्डकी नदी किनारमा खोजी गरिए पनि राई नभेटिएको प्रहरीले जनाएको छ।

समाचार