आजदेखि राहदानी विभागमा सेवाग्राहीले मात्र प्रवेश पाउने

राहदानी विभागले आजदेखि (आइतबार) ‘लाइभ इन्ड्रोलमेन्ट’ गर्नुपर्ने सेवाग्राहीलाई मात्र प्रवेश अनुमति दिने भएको छ । अनावश्यक व्यक्तिहरूको प्रवेश हुँदा विभागमा अनावश्यक भीडभाड बढने गरेको थियो ।

विभागले सेवाग्राहीलाई तोकिएको समयमा आउन पनि अनुरोध गरेको छ । सेवाग्राहीहरू तोकिएको समयभन्दा अघि आउदा पनि भीडभाड बढी सेवामा प्रभाव परिरहेको जनाएको छ ।

त्यस्तै सेवाग्राहीले विभागमा आजैदेखि पार्किङ गर्न पाउने भएका छन् । यसअघि सेवाग्राहीले मोटरसाइकल बाहिर पार्किङ गर्ने गरेका थिए । शुक्रबार मात्र काठमाडौँ महानगरपालिकाले विभागको बेसमेन्ट खाली गराएको थियो ।

विभागले सेवाग्राहीका सवारीलाई भवनमा लगेर पार्किङ अनुमति दिएको थिएन । उनीहरूले बाहिर पार्किङ गर्दा अस्तव्यस्त बनेको थियो । पछिल्लो समय महानगरपालिकाले बेसमेन्ट पार्किङलाई खाली गराउने अभियानलाई तीव्रता दिएको छ । विभागले बाहिरका सडक वरिपरि अनावश्यक भीडभाड नगरदिन सेवाग्राहीलाई अनुरोध पनि गरेको छ ।

मुख्य समाचार