त्रिविमा नेविसंघ र अनेरास्ववियुबीच झडप, पाँच जना भन्दा बढी घाइते

त्रिभुवन विश्वविद्यालयमा नेविसंघ र अनेरास्ववियुबीच झडप भएको छ। झडप हुँदा नेविसंघका भुवन जोशी, कमल कुँवर लगायत ५ जना घाइते भएका छन्।

उपकुलपति धर्मकान्त बास्कोटाले पत्रकार सम्मेलन गर्दा अनेरास्ववियुलाई भित्र हलमा पठाएको र नेविसंघ लाई पुलिस लगाएर बाहिर छेकेपछि  झडप भएको नेविसंघका कार्यबाहक सभापति गणेश भण्डारी जानकारी दिए। उनले अब चुप लागेर नबस्ने  बताए।

परिसरमा बाक्लो संख्यामा नेविसंघका विद्यार्थी नेता कार्यकर्ताको उपस्थिती छ भने अहिले त्रिवि क्षेत्रमा सम्भावित घटना नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। 

मुख्य समाचार