सत्तारुढ गठबन्धन कार्यदलको बैठक आज पनि

सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक बुधबार पनि बस्दैछ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँडमा सहमति जुटाउन प्रयास हुनेछ। 

कार्यदलको बैठक करिब तीन सातादेखि निरन्तर बसे पनि गठबन्धनभित्र सिट बाँडफाँडको खाका तयार हुन सकेको छैन। 

कार्यदलमा प्रतिनिभिसभातर्फ कांग्रेसले १००, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले २० र राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी गर्दै आएका छन्। 

यस्तै प्रदेश सभातर्फ पनि सिट बाँडफाँडबारे प्रारम्भिक छलफल भएको छ । 

मुख्य समाचार राजनीति