निलम्बित प्रधानन्यायाधीश जबराको बयान आज

काठमाडौं : प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरासँग बुधबार बयान लिँदैछ। 

बिहान ११ बजे बस्ने बैठकमा समितिले जबरासँग बयान लिन लागेको हो। यसअघि भदौ ७ गते बसेको समितिको बैठकले जबरालाई बयानका लागि बुधबार बोलाउने निर्णय गरेको थियो ।

यसअघि समितिले जबराविरुद्ध कागजात तथा जानकारी भए उपलब्ध गराउन आग्रह गरेको थियो। संघीय संसदले भदौ १० गते सार्वजनिक सूचना जारी गरी राणाविरुद्धको प्रमाण उपलब्ध गराउन भनेसर्वोच्च अदालत बार एसोसिएसनले समितिलाई प्रमाण उपलब्ध गराएको छ। एसोसिएसनले प्रमाणका रूपमा जबराले विभिन्न मितिमा गरेका फैसला, विभिन्न मितिमा पत्रपत्रिकामा आएका सामग्री पेश गरेको जनाइएको छ।को थियो। 

मुख्य समाचार राजनीति