अख्तियारको हेटौंडा कार्यालयमा मकवानपुरका कुन् स्थानीय तहका कती उजुरी ? 

हेटौंडा । मकवानपुर जिल्लाका दश वटा स्थानीय तहमा बितेको आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षमा भन्दा धेरै उजुरी परेका छन् । अघिल्लो आर्थिक वर्ष २०७७–०७८ मा भन्दा बितेको आर्थिक वर्ष २०७८–०७९ मा धेरै उजुरी परेका हुन् ।

मकवानपुर जिल्लाका दश वटा स्थानीय तह मध्यमा सबै भन्दा धेरै उजुरी हेटौंडा उपमहानगरपालिकाको परेको अख्तियार दुरुपयोग अनुसंधान आयोगका सूचना अधिकारी विष्णु प्रभा सापकोटाले जानकारी दिनुभयो ।

आज आयोगको हेटौंडा स्थित कार्यालयले पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी गराएको हो । हेटौंडा उपमहानगरपालिकामा बितेको आर्थिक वर्षमा मात्र एक सय २४ वटा उजुरी परेका छन् । अघिल्लो आर्थिक वर्षमा ४५ वटा मात्र उजुरी परेका थिए ।

यसैगरी थाहा नगरपालिकामा दुइ वर्षको बिचमा ८ वटा उजुरी परेका छन् । इन्द्र सरकोवर गाउँपालिकामा ४ वटा, कैलाश गाउँपालिकामा १२ वटा, बकैयाको २१ वटा, बागमती गाउँपालिकाको ६ वटा, भीमफेदी गाउँपालिकाको १२ वटा, मकवानपुरगढी गाउँपालिकाको २० वटा, मनहरी गाउँपालिकाको ४२ वटा, राक्सिराङ गाउँपालिकाको १६ वटा उजुरी दुइ वर्षमा परेको सापकोटाले बताउनुभयो ।

परेका उजुरीहरुको छानविन गर्ने र फच्यौट गर्ने काम भइरहेको अख्तियार दुरुपयोग अनुसंधान आयोग हेटौंडा कार्यालयका प्रमुख नरहरी घिमिरेले जानकारी दिनुभयो । मिडियासंगको सहकार्यमा अख्तियारको कार्यालयले काम गर्ने पनि जानकारी दिनुभयो ।

मकवानपुरका स्थानीय तहमा परेका उजुरीको तथ्याङक यस्तो छ ।

मुख्य समाचार राजनीति