दशैँका लागि नयाँ नोट भदौ २६ गतेदेखि साट्न पाइने  

हेटौंडा । यसबर्षको दशैंका लागि नयाँ नोट भदौ २६ गतेदेखि साट्न पाइने भएको छ । दशैं तथा तिहारमा सबैभन्दा बढी नयाँ नोट खपत हुने गरेकोले नेपाल राष्ट्र बैंकले सो समयमा नयाँ नोट साट्न दिने गरेको छ । 
राष्ट्र बैंकले यसवपर्ष २६ गते अघी नै बैंकहरूलाई नयाँ नोट पठाइसक्ने भएको छ । नयाँ नोट पठाएर एक साताभित्रै नयाँ नोट साट्न पाइने बैंकहरूको सूची सार्वजनिक हुने छ । 
त्यसपछि सर्वसाधारणले पायक पर्ने बैंकबाट नयाँ नोट साट्न पाइने गरी सहजिकरण गरिने नेपाल राष्ट्र बैङ्कले जानकारी दिएको छ । राष्ट्र बैैंकले नयाँ नोट वितरण गर्दा प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रूपैयाँदरका नोट उपलब्ध गराउने छ । 
यस्तो नोट प्रतिव्यक्ति १८ हजार ५०० रूपैयाँसम्म साट्न पाइने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणकर भट्टले जानकारी दिए । गत वर्ष दशैँमा ८ अर्बको नयाँ नोट साटिएको थियो ।

मुख्य समाचार